पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात
पाेखरा | असोज २७, २०८०
PHOTO: ANISH GURUNG
पोखरा: पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले सत्य युवा क्लब बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।

यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ र मनिल गुरुङले समान १/१ गोल गरे ।
यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे ।
उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए ।
उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

